- सिन्धुलीको कमलामाई नगरपालिकाले भत्किएको गढी दरबारको पुनर्निर्माण गरेको भएपनि संरक्षण नगर्दा पुनः जीर्ण बन्ने क्रम सुरु भएको छ ।
रामेछाप : नेपाली वीरगाथा बोकेको सिन्धुलीको सिन्धुलीगढीस्थित गढी (रानी) दरबार संरक्षण नहुँदा बेवारिसे बनेको छ ।
सिन्धुलीको कमलामाई नगरपालिकाले भत्किएको गढी दरबारको पुनर्निर्माण गरेको भएपनि संरक्षण नगर्दा पुनः जीर्ण बन्ने क्रम सुरु भएको छ ।
पुरानो दरबार भत्किएपछि सिन्धुलीको कमलामाई नगरपालिका–३ मा रहेको सिन्धुलीगढी दरबार चार करोड ३८ लाख रुपैँयाँको लागतमा पुनर्निर्माण गरिएको भए पनि संरक्षण नहुँदा अहिले दरबार भूतबंगला जस्तै बनेको छ ।
दरबारको बाहिर आँगनमा झार पलाएर नेपाली वीरताको गाथालाई नै गिज्याइरहेको छ भने दरबारको संरक्षणको कुनै व्यवस्था नहुँदा दरबार भित्र फोहोरको डङ्गुर थुप्रिएको छ ।
रंगरोगन गरिएको दरबारको भित्ता कोरेर कुरूप बनाइएको छ । कतिपय ढोकाहरू फोरिएका छन् भने माथिल्लो तल्लामा जाने भर्याङ समेत भत्काइएको छ ।
इतिहासमा उल्लेख भए अनुसार विसं १८२४ मा नेपाल एकीकरणको समयमा कप्तान किनलकको नेतृत्वमा आएको अंग्रेज फौजलाई तत्कालीन गोर्खाली सेनाले सिन्धुलीगढीको युद्धमा पराजित गरेको कारण यो गढीको गौरवशाली इतिहास छ ।
सदरमुकाम सिन्धुली माढीबाट २० किलोमिटर उत्तरमा रहेको सिन्धुलीगढी महाभारत क्षेत्रमा पर्छ । बीपी राजमार्गको सोलाभन्ज्याङस्थित गढी प्रवेशद्वारबाट उत्तरतर्फ सिन्धुलीको ठुलो गढी र रानी दरबार रहेका छन् ।
ठुलो गढीको संरक्षण गरी टिकट लिएर प्रवेश गर्ने व्यवस्था मिलाइएको भए पनि रानी दरबारको भने कुनै संरक्षण गरिएको छैन । जसले गर्दा दरबार बेवारिसे बनेको छ ।
नेपालीको वीरतासँग जोडिएको ऐतिहासिक क्षेत्रको रूप रहेको सिन्धुलीगढी दरबारलाई जोगाइराख्ने हो भने विश्वसम्पदा सूचीमा सूचीकृत गर्न सकिने भए पनि त्यस तर्फ सरोकारवालाको ध्यान जान सकेको छैन ।
पूर्व २ नं क्षेत्रको प्रशासन सञ्चालन गर्ने अड्डाको रूपमा परिचित गढी दरबार तत्कालीन श्री ३ महाराज जङ्गबहादुर राणाका भाइ बमबहादुर राणाका छोरा बमवीर विक्रम राणाले निर्माण गराएको इतिहास छ ।
सिन्धुलीगढी किल्ला नेपाली वीर गोरखालीको फौजको नेतृत्व गर्ने श्रीहर्ष पन्त, वंशराज पाण्डे र वंशु गुरुङको टोलीले विसं १८२४ कात्तिक २४ गतेका दिन अङ्ग्रेज फौजलाई परास्त गर्दै इतिहास रच्नु भएको थियो ।
२०२० सालसम्म सिन्धुलीको सदरमुकाम रहेको सिन्धुलीगढीको प्रमुख प्रशासनिक भवन नै गढी दरबार थियो । २०२० सालमा सदरमुकाम सिन्धुलीमाढीमा झरेपछि दरबार भग्नावशेष हुने क्रम सुरु भयो ।
संरक्षण नहुँदा दरबार भत्कँदै गयो । माओवादीको सशस्त्र द्वन्द्वको समयमा स्थानीयले दरबारका जस्ता पाताहरू लगेपछि दरबारमा आगो समेत लगायो र भवन पूर्ण रूपमा ध्वस्त भयो । पछि कमलामाई नगरपालिकाको अगुवाइमा दरबारको पुनर्निर्माण गरिएको थियो ।
सिन्धुली गढीमा नेपालकै पहिलो युद्ध सङ्ग्रहालय निर्माण भई केही वर्षदेखि सञ्चालनमा आएको भए पनि दरबारको भने संरक्षण हुन सकेको छैन । गढी क्षेत्रमा पृथ्वीनारायण शाहको सालिक स्थापना, वनभोज क्षेत्र, घेराबार लगायत काम सकिएका छन् भने नेपाल–अङ्ग्रेज युद्धका क्रममा सेनाको मृत्यु भएको स्थानमा समाधिस्थलको निर्माण गरिएको छ । त्यति गर्दापनि यो दरबारलाई भने अलग्याइएको छ ।
सिन्धुलीगढी नेपाल–अङ्ग्रेज युद्धको जीवित दस्ताबेज हो । त्यस क्षेत्रमा सत्रुलाई आक्रमण गर्न बनाइएका आड तथा दुर्गहरू अहिले अचम्म लाग्दा देखिन्छन् । यो क्षेत्र घुम्दा त्यसबेला नेपाली योद्धाले गर्ने युद्ध रणनीतिको अनुमान लगाउन सकिन्छ ।
वि स १९७५ मा सिन्धुलीगढीका कर्णेल कीर्तिमान खत्रीको नेतृत्वमा बडाहाकिम र सेना बस्न १४ ढोका ५६ झ्याल टिनको छाना र सिमेन्ट अनि इट्टाको प्रयोग गरी दुई तले दरबार बनाइएको थियो । भत्किएको सोही दरबारलाई पुनर्निर्माण गरी थप आकर्षक बनाइएको थियो । तर संरक्षण नभएपछि दरबारले अहिले सबैलाई गिज्याइरहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवाका विभिन्न क्षेत्रमा बाढीपछि अवरुद्ध भएको विद्युत पुन: सुचारु
-
सम्पर्कविहिन रहेका आफन्तको पहिचानका लागि डिएनए परीक्षण गर्न आग्रह
-
प्रधानमन्त्री शाह र लामिछानेबीच भेटवार्ता
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।